होमपेज / राजनीति
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले बुधबार समर्थन फिर्ता लिएको जानकारीको पत्र संसद् सचिवालयमा बुझाएको छ ।
माओवादीका नेता देव गुरुङले संसद् सचिवालयका सचिवलाई पत्र बुझाएका हुन् । पत्र बुझाएपछि नेता गुरुङले प्रधानमन्त्रीले संविधानविपरीतका कार्यहरू गरेको र राष्ट्रिय स्वाधीनताका मुद्दा खतरामा पर्ने भएकाले समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।
उनले नियमित अधिवेशन नबोलाई विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउनु त्रुटिपूर्ण रहेको भन्दै उनले यो संविधानविपरीत रहेको बताए ।
आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बाट विश्वासको मत लिने कार्यक्रम छ ।





.jpg)