ट्रेण्डिङ

होमपेज / राजनीति

पार्टी केन्द्रको निर्णय अनुसार कर्णाली प्रदेश सरकारको पक्षमा मतदान गरेका हौं फ्लोर क्रस होइन : ज्वाला

  सल्यान खबर डेस्क २०७८ बैशाख २१ गते मंगलबार ०८:३४:०१ मा प्रकाशित

वैशान २१,सल्यान 
कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पार्टी केन्द्रको निर्णय अनुसार बनेको सरकारका पक्षमा मतदान गरेकाले फ्लोर क्रस नभएको बताएका छन् ।

कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले हालसम्म कुनै आधिकारिक निर्णय नगरेको भन्दै वर्तमान सरकारको निरन्तरताकै लागि मतदान गरेको स्पष्ट पारेका छन् । पार्टी निणर्यको कार्यन्वयन भएको बताउँदै उनले यो प्राविधिक र व्यक्तिगत विषय नभई राजनीतिक निर्णय भएको बताएका छन् । 

पार्टी भित्रका समस्या व्यवस्थापन गरेर पार्टी एकतालाई सुद्धढ गर्न मन्त्री पद समेत त्यागेर खुल्ला छलफलमा आएको भएपनि केन्द्रदेखि स्थानीय स्तरसम्म समस्याहरुलाई बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न यस्तो कदम चाल्नु परेको ज्वालाद्धारा जारी अपिलमा उल्लेख गरिएको छ । 

नेकपा( एमाले) को पोलिटव्युरो सदस्य समेत रहेका ज्वालाले सोमबार एक अपिल जारी गर्दै सरकार गठन भएदेखि नै केही व्यक्तिहरु सरकारलाई ढाल्ने काममा हात धोएर लागि परेका उल्लेख गरेका छन । कन्द्र र प्रदेशकले कुनै औपचारिक निर्णय निर्देशन नदिदै केही व्यक्तिको सत्ताभोक र कन्ठाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । पार्टीको निर्णइ, निर्देशन एवं विधि पद्धति विपरित भएपनि पार्टीलाई एकतावद्ध बनाउने असल नियतका साथ सरकारमा सहभागि तीन मन्त्रीले राजीनामा दिएको अपिलमा उल्लेख गरिएको छ । संसदीय दल र पार्टीलाई कम्युनिस्ट पद्धतिमा नभई गुटका रुपमा एकलौटी चलाउने काम भएको उनको भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top