ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशले कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई १ लाख रुपैयाँ राहत दिने

  सल्यान खबर डेस्क २०७८ बैशाख २० गते सोमबार १५:४४:२३ मा प्रकाशित

 कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप १ लाख रुपैयाँ दिने भएको छ । 

कर्णाली प्रदेश सरकारको प्रवक्तासमेत रहेकी आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिएकी छिन् । मन्त्री केसीले सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘सामाजिक विकास मन्त्रालयसमेत सँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई कोभिड रोगका कारण मृत्यु भएका मानिसहरुको घरपरिवारलाई प्रति मृतक १ लाख रुपैयाँका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने ।’

त्यस्तै बैठकले कर्णाली प्रदेशअन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरुलाई १ करोडका दरले, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई १ करोड, रुकुमको चौरजहारी अस्पताल र मेहलकुना अस्पताल सुर्खेत र दैलेख अस्पताललाई ५० लाख रुपैयाँ कोरोना रोकथाम र नियन्त्रणका लागि उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समाधान गर्न दिइने पनि मन्त्री केसीले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top