ट्रेण्डिङ

होमपेज / राजनीति

बागचौर नगरपालिका ९ मा मुख्यमन्त्री रोजगार कार्यक्रम सुरु

  सल्यान खबर डेस्क २०७८ बैशाख ८ गते बुधबार १८:१५:३० मा प्रकाशित

धनेन्द्र विमल वली वैशाख ८,सल्यान 
जिल्लाको बागचौर नगरपालिका ९ मा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । बेरोजगार तथा कोभिड १९ बाट प्रभावितलाई रोजगारी प्रदान गर्न कार्यक्रम लागु गरिएको हो । 
वडाको कुइयापानी मेलपोखरी, खर्सु बस्न्यौटा सडकखण्डको बुधबार कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले एक कार्यक्रमका बिच शिलन्यास गरेका छन् । 

यस कार्यक्रमले बेरोजगार र कोरोनाका कारण थप समस्यामा परेकालाई रोजगारी सिर्जना गरेको शर्माको भनाई छ । विभिन्न कारण बेरोजगार बनेका तथा रोजगार गुमेकालाई यस प्रकारको कार्यक्रमले राहत मिल्ने विश्वास लिएको शर्माको भनाई छ । कार्यक्रमबाट वडाका एक सय भन्दा बढीले रोजगारी पाउने छन् । 

२५ लाख बजेट मध्ये ७० प्रतिशत रकम कामदारले ज्याला बाफत पाउने छन् भने ३० प्रतिशत रकम योजनालाई आवश्यक सामाग्री खरिद गरिने बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top