होमपेज / राजनीति
वैशाख ३,सल्यान
नेकपा (एमाले) भित्र समान्तर कमिटी बनाउने क्रममा सल्यानमा समान्तर कमिटी गठन भएको छ । माधव नेपाल पक्षले समानन्तर जिल्ला कमिटी निमार्ण गरेको छ ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सल्यानले जिल्ला कमिटी पुनंगठन जिल्ला कमिटी पुनगठन घोषणा कार्यक्रममा उदय बहादुर बोहराको अध्यक्षतामा १ सय ३५ सदस्सीय जिल्ला कमिटी गठन भएको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा राम कुमार खड्की, सचिव रमेश कुमार गौतम र उपसचिव भोली केसी चयन भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कदमले देश र पार्टी नै संकटमा परेको नवगठित समितिका अध्यक्ष उदय बहादुर बोहराले बताए । वर्तमान अन्यौलतलाई चिर्न र ओलीको गलत कामको विरोध गर्न सबै लाग्नु पर्ने उनको भनाई छ ।
आफूँहरुको पार्टी समान्तर नभई पार्टी पुनःगठन गरेको उनको दावी छ । पार्टी अध्यक्षले पार्टीको विधि, विधान विपरित कार्य गरेकाले उनको स्थानमा बोहरालाई अध्यक्ष बनाइएको सचिव रमेश कुमार गौतमले बताए ।
प्रधानमन्त्री ओलीले २०७५ जेठ २ गते अघिको विधी विधानलाई स्वीकार नगरेसम्म ओलीसँग कुनै पनि सम्झौता नगर्ने कर्णाली प्रदेश सदस्य हरि केसीले बताए ।





.jpg)