ट्रेण्डिङ

होमपेज / राजनीति

युवा संघ नेपाल सल्यानको अध्यक्षमा न्युटन श्रेष्ठ

  सल्यान खबर डेस्क २०७७ चैत्र २८ गते शनिबार १८:४४:५४ मा प्रकाशित

चैत २८,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) (माधव समूह) को भातृ संठगन युवा संघ नेपाल  सल्यानको अध्यक्षमा न्युटन श्रेष्ठ निर्वाचित भएका छन् ।

युवा संघ नेपाल सल्यानको शनिवार बरलामा सम्पन्न जिल्ला कमिटि घोषणा तथा सपथग्रहण कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा एक सय २५ सदस्सीय जिल्ला कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा सुरेश बोहरा, सचिव शिराज अधिकारी, सह सचवि बम बहादुर गाहा र कोषाध्यक्ष सुरेन्द्र चन्द रहेका छन् । 

 कार्यक्रममा बोल्दै युवा संघका केन्द्रिय महासचिव दिपक जिएमले युवाहरु राजनिति सँगै आयआर्जनका कार्यमा सक्रिय बन्नुपर्ने बताएका छन् । पुराना नेताहरुको योगदान र संघर्षबाट पार्टी र संगठन अहिलेको अवस्थामा आएको बताउदैँ उनले पार्टी र देश चलाउने जिम्मेवारी युवाको काँधमा आएको बताए । 
“यो समयमा युवाहरु राजनिति सँगै आर्यआर्जनका कार्यमा सरिक हुनुपर्दछ, अवसरहरु धेरै छन्, हामी पदको लोभी भएर बसेका छैनौँ” उनले भने “पहिलो प्राथामिकता आफ्नो भविष्य र आयआर्जनका कार्यमा दिनुहोस्, अनि मात्रै राजनितीमा समय दिनुपर्दछ ।” पछिल्लो समयमा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकाले हरेक युवा रोजगारी सिर्जना गर्ने कार्यमा लाग्नुपर्ने उनको भनाई छ । 

केन्द्रिय महासचिव जिएमले पार्टीका अध्यक्ष केपि शर्मा ओली भारतको गुलामी वनेर काम गरिरहेको आरोप लगाए । “केपि ओली नेतृत्वको सरकार प्रति जनताका थुप्रै अपेक्षाहरु रहेका थिए, जनमुखी विकास, शिक्षा, स्वास्थ्य, कृषिमा आमुलपरिवर्तनको अपेक्षा गरिएपनि सरकारले काम गर्न सकेन्” उनले भने “सरकार जनताप्रति गम्भिर वनेन्, बन्नै चाहेन ।”
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top