ट्रेण्डिङ

होमपेज / राजनीति

केपि ओलीले संविधानलाई कुल्चिदै हिडे : अध्यक्ष प्रचण्ड

  सल्यान खबर डेस्क २०७७ चैत्र २६ गते बिहीबार ०७:३०:०७ मा प्रकाशित

आनन्द बस्नेत चैत २६,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि ओलीले संविधानलाई कुल्चिदै हिडेको आरोप लगाएका छन् ।

संविधानको मर्म र भावना विपरित केपि ओलीेले  संविधान च्यात्ने, कुल्चिने गरेको आरोप लगाएका हुन । बुधबार सल्यान सल्लीबजारमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्र र संविधान ल्याउन आँफु र आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले संविधानको रक्षार्थ आफूँ जस्तोसकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।

वर्तमान प्रधानमन्त्री हिटलरी शैलीमा अघि बढी रहेको र उनको उक्त शैलीलाई जनताले नै परास्त पार्नेमा आफूँ विस्वस्त रहेको बताए । लोकतन्त्रमाथि प्रहार गर्ने अधिकार कोहीसँग नभएको बताउँदै उनले लोकतन्त्र र संविधानभन्दा माथि कोही पनि हुन नसक्ने बताए । 

त्यस्तै कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले नेपाली जनता स्वतन्त्र भएर बोल्न नपाएको र त्यो ब्यबस्था हरण भएको बताउदै अहिले लागेको तुवाँलो जनताको ताकतले परास्त गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top