ट्रेण्डिङ

होमपेज / राजनीति

उद्योग वाणिज्य संघ अपडेट:१४ सय मत गनणा सकिदा यस्तो छ मत परिणाम

  सल्यान खबर डेस्क २०७७ चैत्र १ गते आइतबार १८:३५:१८ मा प्रकाशित

चैत १,सल्यान 
सल्यान उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनको लागी शनिवार भएको निर्वाचनको मतगणना जारी रहेको छ । सामmँ ६ बनेसम्म १ हजार ४ सय मत गणना गरिएको छ । 

आइतबारसाँझ ६ बजे सार्वजनिक भएको मत परिणाम अनुसार  महासंघको अध्यक्ष पदमा संयुक्त प्यानलका कुमार बुढाथोकी र महासचिव पदमा प्रगतिशिल व्यवसायिक प्यानलका उम्मेदवार मोहन सारुले अग्रता कायमै राकेका छन ।

१ हजार मतगणना गर्दा अध्यक्ष पदमा संयुक्त प्यानलका बुढाथोकीले ७ सय २६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका राजेन्द्र कुमार थापाले ६ सय ४३ मत प्राप्त गरेका छन । त्यस्तै महासचिवमा संयुक्त प्यानलका मोहन सारुले अग्रता लिएका छन । मोहन सारुले ६ सय ८३ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । उनका प्रतिद्वन्दी संयुक्त प्यानलका रुपक बुढाले ६ सय ६२ मत सहित प्रतिस्पर्धा गरिरहेका छन । महासचिवमा सारु बाहेक अन्य सम्पूर्ण पदमा संयुक्त प्यानलले अग्रता कायम गरेको छ । 

संयुक्त प्यानललाई कांग्रेस, एमाले (केपि समूह) र राप्रपाको साथ रहेको छ भने प्रगतिशील प्यानललाई माओवादी केन्द्र र माधब समुहको साथ रहेको छ । संघको शनिवार भएको निर्वाचनमा २ हजार ३ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top