होमपेज / राजनीति
फागुन २६,सल्यान
सल्यानमा माओवादी केन्द्र र एमालेले छुटछुट्टै स्थानमा पार्टीको बोर्ड राखेका छन् ।
बुधबार ओली समूहका कार्यकर्ताले सल्यान सदरमुकाम स्थित मदन आश्रित स्मृति प्रतिष्ठानको भवनमा र माओवादी केन्द्रले सदरमुकाममै जिल्ला पार्टी कार्यालय लेखेको बोर्ड रोखेका छन् ।
यसअघि मदन आश्रित स्मृति प्रतिष्ठानमा नेकपाको पार्टी कार्यालय राखिएको थियो । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्टट पार्टी (नेकपा) गठन भएसँगै जिल्ला र १० वटै स्थानीय तहमा नेकपाको कार्यालय स्थापना गरिएको थियो ।
दुई पार्टी एक भएको तीन वर्षपछि सर्वोच्च अदालतको फैसलालाई आत्मसाथ गर्दै पार्टी कार्यालय खुल्नु परेको माओवादी केन्द्रका अध्यक्ष कर्ण बहादुर बुढाथोकीले बताए । छुट्टाछुट्टै पार्टी कार्यालय खोल्नु आफूँहरुको रहर भन्दा पनि सर्वोच्च अदालतको फैसलाले बाध्यकारी बनाएको बताए ।





.jpg)