ट्रेण्डिङ

होमपेज / राजनीति

संसद पुनःस्थापनाको खुशीयालीमा सल्यानमा विजयी जुलुश (फोटो फिचर)

  सल्यान खबर डेस्क २०७७ फाल्गुण १२ गते बुधबार १८:२१:५८ मा प्रकाशित

फागुन १२,सल्यान 
गत पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको ससदं विघटन सर्वोच्च अदालतले सदर गरेको खुशीयालीमा नेकपा (प्रचण्ड माधव) समूहले सल्यानका विभिन्न स्थानमा विजयी जुलुश प्रदर्शन गरेका छन् । नेपालमा अझै नमरेको तथा नेपाली जनताले पुनः एक पटक जितेको भन्दै विजयी जुसुल निकालिएको हो । 

परम्परागत लोकसंस्कृति झल्कने झाँकी सहित नेकपा कार्याकर्ताहरुले सदरमुकाम खलंगा,,दार्मा, कपुरकोट, कुमाख लगायतका स्थानीय पालिकाहरुले विजयी जुलुस प्रदर्शन गरेका छन् । 


सदरमुकाम खलंगामा आयोजित विजयी जुलुसलाई शम्बोधन गर्दै नेकपा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले विधिको शासन र नेपाली जनताले जितेको बताए । उनले भने विधिको शासन र संविधानको पूर्ण पालना भएको छ । यो सबै नेपालीको जित हो । 
नेपाली जनताले हारेको कुनै इतिहास नभएको बताउँदै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालो जनतालाई झुक्याएर जीतेको भनेर आत्मरति लिनेहरु संसद पुनः स्थापनाले पाखा लागेको बताए । न्यायलयमा सेटिङ भएकाले ंसंसद पुनः स्थापना हुँदैन भन्नेहरुलाई न्यायालयले पनि गतिलो झापट दिएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top