ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीको संसद विघट्नको कदम रायमाझी प्रवृतिको पुनरावृति : गुरुङ

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ४ गते मंगलबार १७:३९:३५ मा प्रकाशित

फागुन ४,सल्यान 
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले केपि ओलीले प्रतिनिधि सभाको विघटन गरेर रायमाझी प्रवृतिको पुनरावृति गरेको बताएका छन् । २०१५ सालमा जसरी केशरजंग रायमाझीले दरवारलाई पार्टी बुझाएका थिए त्यसरी नै अहिले ओलीले प्रतिगमनकारी कदम चालेर रायमाझीको पुरावृति गरेको बताए । 

मंगलबार सल्यानमा खलंगामा आयोजित नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीलाई ओलीले विसर्जनतिर जबरजस्त ढकेलेको बताए । आम नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, प्रवुद्ध व्यक्तिहरु स्थानीय शान्तिको पक्षमा हुँदा हुँदै आफ्नो व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेको बताए । 
नेकपा नफुटेको बताउँदै उनले पार्टी भित्रको पट्यास मात्र उत्रिएर गएको बताए । उनले भने ‘जसरी बाँसको झ्याङमा कलिलो तामा बढ्दै जाँदा पट्यासले छाड्दै जान्छ त्यसरी नै केही प्रतिगामीतत्वहरु उत्रिएर गएका हुन ।’

 पार्टीको मुल मर्म र भावना विपरित कार्यहरु गर्ने पार्टीबाट बाहिर जानु नै पार्टीका लागि थप हितकर भएको उनको भनाई छ । पार्टीलाई सहि ढंगले सञ्चालन गर्न नेतृत्वमा परिवर्तनप्रतिको सहि भिजन आवश्यक पर्ने बताए ।   

न्यायको सर्वोच्च निकाय भनेको नेपाली जनता भएकाले नेपाली जनतालाई प्रतिगमनको विरुद्ध फैसला सुनाई सकेको उनको भनाई छ । नेपाली जनताले सडकबाट नै संसद विघटनका विरुद्ध फैसला गरी सकेकाले अव अदालतले पनि शोही अनुसार फैसला गर्ने उनको भनाई छ । अदालतका पूर्वन्यायधिसदेखि नागरिक समाज, वृद्धिजिविले सडकबाट फैसला गरी रहेको गुरुङको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top