होमपेज / राजनीति
फागुन २,सल्यान
नेपाली काँग्रेस सल्यानले सोमबार सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेको छ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गरेको हो ।
सल्यान टुडिखेलबाट सुरु भएको र्याली पुरानो बसपार्क, ठन्डीसडक, गणेशस्थान हुँदै पुनः पुरानो बसपार्कमा आइ कोरणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनताले दिएको मतको अपमान गरेको बताएका छन् ।
आफ्नो स्वार्थका लागि देशलाई ओलीले बन्दक बनाएकाले सडक आन्दोलनमा आउनु परेका बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले ओलीको अलोकतान्त्रिक,असंवैधानिक कदमका विरुद्ध सबै नेपाली सडकमा आउनु पर्ने बताए । नेपाली जनताले निमार्ण गरेको संविधान कुल्चिएर ओली सरकारले देशमा तानाशाही व्यवस्थाको विकास गर्न खोजेको आरोप लगाए । .jpg)
.jpg)
.jpg)





.jpg)