होमपेज / राजनीति
फागुन १,सल्यान
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले जेलनेल खादैमा र माक्सवाद पढ्दैमा जो कोही कम्युनिस्ट हुन नसक्ने बताएका छन् । पार्टीको मुल सिद्धान्त, लक्ष्य, विचार र शहिदहरुको उच्च सम्मान गर्न सक्ने मात्र कमुनिस्ट हुन सक्ने उनको भनाई छ ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटि सल्यानमा सदरमुकाम खलंगामा आयोजना गरेको शहिद स्मृति तथा सम्मान कार्यक्रममा बोल्दै नेता बस्नेतले ठेलीका ठेली माक्सवाद पढ्दैमा कम्युनिस्ट हुन नसक्ने बताए । उनले भने यदि जेलनेल खादैमा कम्युनिस्ट हुन भए अहिले जेलमा बसेका सबै कम्युनिस्ट हुनु पर्ने हो तर कम्युनिस्ट बन्न त्यति सजिलो छैन । जसले सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ, जस्तो सुकै चुनौतिलाई पनि सामाना गर्न सक्छ त्यो वास्तविक कम्युनिस्ट हुन सक्छ ।
जनयुद्ध, जनआन्दोलन लगायतका तमाम परितर्वतका क्रममा शाहदत प्राप्त शहिदहरुको सपना माथि प्रधानमन्त्री केपी शर्मा ओलीले होली खेलेको आरोप लगाए । जनु लक्ष्य र उद्देश्यका साथ शहिदहरुले देशका लागि आफ्नो जीवन आहुति गरे त्यसमाथि ओलीले अहिले खेलवाड गरी रहेको बताए ।
पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले प्रधानमन्त्री ओलीको सनकले देश फेरी द्धन्द्धतिर धकेलिने होकी भन्ने शंका उब्जाएको बताए ।
यस्तै केन्द्रीय सल्लाहाकार सदस्य उमाकान्त शर्माले फागुन १ गते तत्कालिन नेकपा माओवादीले अघि सारेका एजेण्डा नै अहिले कार्यन्वयन भइरहेको बताए । संविधान सभाबाट संविधान, गणतन्त्र, समानुपातिक, समावेशी र जनजीविकाका विषय उठान गरेर जनयुद्ध सुरु भएको बताउँदै शर्माले अहिले कायनर््वयनमा आएको बताए । जनयुद्ध र जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिलाई ओली सरकारले कुन्ठित पार्ने प्रयास गरे पनि उक्त प्रयास नेपाली जनताले परास्त पार्ने दावी गरे ।





.jpg)