होमपेज / राजनीति
नेकपा प्रचण्ड नेपाल पक्षले सल्यानमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको असंबैधानिक कदमको बिरोधमा बुधबार साझ खलंगामा मसाल जुलुस निकालेको हो । पुरानो बसपार्क नजिकै बाट निकालेका मसाल जुलुसमा प्रहरीले हात बाट खोसेर निभाउने प्रयास गरेको थियो । मसाल जुलुस पछि बोल्दै नेकपा सल्यान प्रचण्ड नेपाल पक्षका नेता रमेश गौतमले आफुहरुको आन्दोलन केपि ओलीको पक्षमा रहेकाले संसद पुनस्थापना नहुदा सम्म प्रधानमन्त्री बिरुद्ध आन्दोलन जारी रहने बताउनु भयो
प्रधानमन्त्री ओलीको प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न तयार रहेको बताउनु भयो । काम चलाउ भएका प्रधानमन्त्रीले भखरै सरकारमा गएको जस्तो संबिधान विपरीत काम गरिहेको बताउनु भयो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा समेत नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम प्रचण्ड नेपाल पक्षले घोषणा गरेको छ । साथै भोलीको आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने जनाइएको छ ।





.jpg)