होमपेज / राजनीति
माघ १९,सल्यान
गत पुस ५ गते भएको संसद विघटनका विरुद्ध नेपाली काँग्रेस सल्यानले विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका भातृसंगठनहरुको आयोजना सोमबार खलंगामा विरोध प्रदर्शन गरिएको हो ।
यहि माघ १३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत भातृसंगठनको आयोजनामा विरोध प्रदर्शन गरिएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको बताएका छन् । संविधानमा नै व्यवस्था नभएको व्यवस्थालाई ओलीले अघि सारी देशलाई फेरी द्धन्द्धतिर धकेलेको बताएका छन् । देश स्थायी शान्तितिर अघि बढी रहेको अवस्थाले ओलीले फेरी संसद विघटन गरेर अराजकता, द्धन्द्धलाई प्रशय दिएको बताएका छन् ।






.jpg)