ट्रेण्डिङ

होमपेज / राजनीति

रुकुमपश्चिमबाट विप्लव समूहका ५ जना कार्यकर्ता पक्राउ

  सल्यान खबर डेस्क २०७७ माघ १८ गते आइतबार १७:०१:४४ मा प्रकाशित

 रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द विप्लव समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईली छन्।

बोहरा विप्लवको विद्यार्थी संगठन जिद्यार्थी संगठनका जिल्ला अध्यक्षसमेत हुन्।

उनीहरुले मुसिकोट नगरपालिका –१ को रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आज (आइतबार दिउँसो) रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गएको माघ १० गते  त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी धु्रवकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top