ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीले देशलाई भट्कालोमा हाले : महासचिव बस्नेत

  सल्यान खबर डेस्क २०७७ माघ १५ गते बिहीबार १६:५१:०९ मा प्रकाशित

माघ १५,सल्यान 
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशिल बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघट्न गरेर देशलाई भट्कालोमा हालेको बताएका छन् । संविधानमै व्यवस्था नभएको कार्य गरेर ओलीले संविधान माथि कु गरेको बताए । 

मानव अधिकार तथा शान्ति समाज सल्यानको साधारण सभा तथा असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघट्न प्रतिगमनको शिलसिला विषयक गोष्ठीमा बोल्दे बस्नेतले जनआन्दोनबाट प्राप्त उपलब्धिलाई अवमूल्यांकन जनताको भावना माथि कुल्चिएको बताए । पार्टी भित्रको समस्यालाई समाधान गर्न नसकेर संविधानको मर्म र भावना विपरित संसद् विघटन गरिएको र उक्त प्रतिगमनका विरुद्ध सबै नागरिक आन्दोलनमा जानुको विकल्प नरहेको बताए । प्रधानमन्त्रीको सनकको भरमा प्रतिनिधि सभा विघट्न गर्न नपाइने बताउँदे उनले नागरिकको आवाजलाई वुलुन्द गर्न देशव्यापी विरोध कार्यक्रम गर्दै आइरहेको बताए । 

यस्तै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले ओलीको कदम अलोकतान्त्रिक र गैरसंवैधानिक भएको दावी गरे । कोरोनाले देश थिलोथिलो भएको समयमा जनताको माग निर्वाचन नभई स्थायी सरकार र औषधी उपचार रहेको बताए । 

साधारण सभाले विष्णु कुमारी शर्माको सभापतित्वमा ४ मनोनित सहित १५ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top