ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीलाई बहुमत पचेन : ज्वाला

  सल्यान खबर डेस्क २०७७ माघ ११ गते आइतबार २१:२४:५१ मा प्रकाशित

माघ ११,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्दीय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत नपचेको बताएका छन् ।

 नेपाली जनताले  स्थायी सरकार सञ्चालनका नेकपालाई झन्डै दुई तिहाईको सरकार दिएपनि प्रधानमन्त्री ओलीलाई भने उक्त बहुमत नपचेको बताए । प्रधानमन्त्री ओलीले बहुमत प्राप्त गर्नका लागि संसद विघटन गरेको भन्नु लोकतन्त्रको उपहास मात्र भएको उनको भनाई छ । हुँदा खादाको बहुमत विघट्न गरेर फेरी बहुमत ल्याउछु भन्नु उनको दिवासपना मात्र भएको उनको भनाई छ । 
आइतबार सल्यानको मार्केमा आयोजित एक कार्यक्रममा बोल्दै नेता ज्वालाले संसद विघटन गरे प्रधानमन्त्री ओलीले नागरिकप्रति कुठराघात गरेको बताए । 

नेपाली जनताले नचाहेको, संविधानले नचाहेको र नेकपाले पनि नचाहेको कदम ओलीबाट भएको र यो कदम नेपाली जनताको भावना विपरित भएको दावी गरे । उनले भने ‘नेपाली जनताको भावना माथि ओलीले खेलवाड गरेका छन् । संविधान कुल्चिने अधिकार कसैलाई नभएकाले नेपाली जनताले अब चाँडै प्रधानमन्त्रीलाई कुर्सीबाट झार्ने छन् ।’

 पाँच वर्ष कार्यकाल रहेको प्रतिनिधि सभा सहयोग नगरेको बहानामा तीन वर्षमै विघटन गर्नु तानाशाहको प्रतिरुप भएको बताए । 
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समुह निकट शिक्षक संंगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लुट बहादुर केसी लगायत दर्जनौंले नेकपामा प्रवेश गरेका छन् ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top