ट्रेण्डिङ

होमपेज / राजनीति

मेयरले ज्यानमार्ने धम्की दिएको भन्दै काँग्रेस सल्यानको आपत्ति

  सल्यान खबर डेस्क २०७७ माघ १ गते बिहीबार १८:३४:१७ मा प्रकाशित

 माघ १,सल्यान 
जिल्लाको  बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफ्ना नेताहरुलाई अभद्र ब्यबहार गरेको  भन्दै नेपाली काँग्रेस सल्यानले आपत्ति जनाएको छ । जग्गा अतिक्रमण गरेर घर बनाएको भन्दै भाषण गरेका काँग्रेसका नेतालाई ज्यान मार्ने धम्की आएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।

संसद विघटनको विरोधमा पुस २५ गते नेपाली काँग्रेस सल्यान प्रदेश सभा (क) ले थारमारेमा आयोजना गरेको विरोध सभा कार्यक्रममा  मेयर बुढाथोकीले ऐलानी जग्गा अतिक्रमण गरेर घर बनाएको भन्दै काँग्रेसका बागचौर नगर सचिव दिपेश डिसीले भाषण गरेका थिए । सोहि कुरालाई लिएर उनिमाथी ज्यान मार्ने धम्की आएको भन्दै नेपाली काँग्रेस सल्यानले  एक प्रेश विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।
काँग्रेस सल्यानका सभापति गणेश चन्दद्वारा जारी विज्ञप्तीमा आम सर्वसाधारण, सरोकारवालाहरु र सामाजिक संजाल प्रयोगकर्ताको भावना समेट्दै नगर सचिव डिसीले जग्गा अतिक्रमण गरेर बनाइएको घरको बारेमा मेयर बुढाथोकीले प्रष्ट पार्नुपर्ने, यदि ऐलानी जग्गा मिचेर घर बनएको भए घर सटरको भाडा स्थानीय नमुना माध्यमिक विद्यालयलाई बुझाउनुपर्ने धारण राखेको जनाइएको छ ।
उक्त धारणा राखेपछि मेयर बुढाथोकी र उनको परिवारले कार्यक्रम पश्चात अभद्र व्यवहार समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै काँग्रेस बानपा १० का सभापति राजेश गिरीलाइ पनि हातपात गरिएको र अहिले दिपेश डिसीलाई बारमबार ज्यान मार्ने धम्की आएको चन्दद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । यस्तो कार्यको नेपाली काँग्रेस सल्यानले घोर निन्दा समेत गरेको विज्ञप्ती मार्फत भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस्ता अलोक्तान्त्रीक, अराजक एवम् जनहित विरोधी कार्य तत्काल बन्द गरेर अतिक्रमित घर जग्गाको विवाद समाधान गर्न सम्बन्धित निकायसँग माग गर्दछौं ।’


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top