ट्रेण्डिङ

होमपेज / राजनीति

ताजा जनादेशमा जानुको विकल्प छैनः स्वास्थ्य राज्यमन्त्री रावत

  सल्यान खबर डेस्क २०७७ पौष २७ गते सोमबार १९:२१:४५ मा प्रकाशित

पुस २७,सल्यान 
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका छन् । जनताबाट जनअनुमोदिन हुनुको अर्को विकल्प नभएकाले निर्धारित मितिमै निर्वाचन हुने दावी गरे । 

सोमबार सल्यान खलंगामा आयोजित स्वास्थ्य बीमा सदस्यता दर्ता सुभारम्भ कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले ताजा जनादेशमा जाने सरकारको निर्णयलाई कतिपयले प्रतिगमन र अधिनायकबादको संज्ञा दिएको बताए । उनले भने ‘प्रतिगमन र अधिनायकबाद भन्ने  जनताको नयाँ जनादेशमा जाने कुरा कसरी प्रतिगमन र अधिनायकबाद हुन सक्छ ।’
सरकारले गरेको काम देखेर कुन्ठा, रिस, डाहा गर्नेहरुले मात्र ओली सरकारले गरेको कदमको विरोध गरेको उनको भनाई छ ।सरकारले निर्धारित मितिमै चुनाव गराउने भएकाले चुनावको तयारीमा रहन समेत उनले सरकारी कार्यालयका कर्मचारीहरुलाई आग्रह गरे । 

 सात वटा प्रदेशहरु मध्ये संघीय सरकारले कर्णाली प्रदेशमा सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा रहेको बताए । तर प्रदेशका संसद्हरुले उक्त बजेट के कसरी विनीयोजन गरी रहेका छन् र कस्ता उपलब्धि हासिल गरे अहिलेसम्म परिणम नदेखिएको आरोप लगाए । उनले भने ‘संघबाट आएको बजेट आफ्नो भन्दै संसदहरुले आफ्नो गोजीको पैसा जस्तो गरी मनलाग्दी वितरण गर्दै आइरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top