ट्रेण्डिङ

होमपेज / राजनीति

संवैधानिक सर्वोच्चता भन्दा माथि कोही छैन : नागरिक समाज

  सल्यान खबर डेस्क २०७७ पौष २३ गते बिहीबार १७:०१:४१ मा प्रकाशित

पुस २३,सल्यान
सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्ने नागरिक समाजका अगुवाहरुले संविधान र संवैधानिक सर्वोच्चता भन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् । २०७२ को संविधानले कोही कसैलाई पनि आफूँभन्दा माथि नरोखेको उनीहरुको भनाई छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड– माधव समूह)ले खलंगामा आयोजना गरेको संविधान विघट्नमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानको मर्म र भावनालाई कुल्चिएर जाने कसैलाई अधिकार नभएको बताए । 

कार्यक्रममा बोल्दै अधिवक्ता थलराज भण्डारीले २०७२ को संविधानले प्रधानमन्त्रीलाई संसद् विघट्न गर्ने अधिकारी नदिएको बताए । आफ्नो शासन सत्ताको आयु लम्व्याउन उनले प्रतिनिधि सभाको विघठ्न गरेको आरोप लगाए । वैशाखमा चुनावको घोषणा आयु लम्व्याउने तरिका मात्र भएको उनको भनाई छ । उनले भने विगतमा आफूँहरुले जित्नको लागि दुई पार्टी मिलेको यर्थाथता हुँदा हुँदै  अहिले पार्टी फुटाएर चुनावमा जित्न सकिदैन यो सत्ताको आयु लम्व्याउने खेल मात्र हो । 

यस्तै नेपाल शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष मदुसुदन शर्माले व्यक्तिगत स्वार्थकै कारण प्रतिनिधि सभाको विघट्न भएको दावी गरे । संसद् विघट्नले राजनीतिक अस्थिरता निम्त्याउने खतरा बढेको उनको भनाई छ । जनताको मतको अनादर गर्ने कोहीलाई पनि छुट नभएको बताउँदै उनले देशको हितमा कदम अघि बढाउन आग्रह गरे । 
नागरिक अगुवा निम बहादुर नेपालीले दुई तिहाईको सरकारले समृद्धिका विषयलाई प्राथमिकता दिन्छ भन्दा पनि संविधान नै कू गरेर राजनीतिक, आर्थिक, सामाजिक अस्थिरता निम्त्याएको बताए । 

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले ंप्रतिनिधि सभा विघट्न गर्ने यो उपयुक्त समय नभएको बताए । पार्टी भित्रको कलहले संविधान विघ्टन गर्न नमिल्ने उनको तर्क रहेको छ । देश चलाउन आँटेको मानिसले पार्टी भित्रको असन्तुष्टिलाई पनि समाधान गर्न सक्ने हिक्मत राख्नु पर्ने उनको धारणा रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top