होमपेज / राजनीति
नेकपाभित्र विभाजन देखिएपछि केपी ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सचिवसमेत रहेको मन्त्री रावलले आइतबार वक्तव्य जारी गर्दै केपी समूह छोडेर प्रचण्ड–नेपाल समूहमा फर्किएको बताएका हुन्।
मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ । जिल्ला अध्यक्ष लालकेश केसी प्रचण्ड–माधव समूहमा नै छन् ।

naya patrika





.jpg)