ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा छत्रेश्वरी गाउँकमिटीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  सल्यान खबर डेस्क २०७७ पौष १८ गते शनिबार १९:२०:५७ मा प्रकाशित

भीम बहादुर परियार पुस १८,सल्यान 
नेकपा छत्रेश्वरी गाउकमिटीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी छत्रेश्वरी गाउकमिटी  भेला तथा प्रशिक्षण कार्यक्रममा छत्रेश्वरी गाउपालिका ६ भोटेचौरमा सम्पन्न भएको हो ।

भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपाका  केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले  नेकपा पार्टी बिभाजन गर्ने उदेश्यले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक तथा अराजकताको पराकाष्ठा भएको तथा नेपालको संविधान बिपरित भएको बताएका छन् । प्रधानमन्त्रीले संसद बिघटन गर्नुले प्रधानमन्त्री तथा राष्टपतिको अलोकतान्तान्त्रिक नाङ्गो हस्तक्षेप भएको जिकिर गरे। नेपालको संघिय गणतन्त्र नै धरापमा पार्ने गरी गरिएको प्रतिगमनकारी कदमलाई गैरसंवैधानिक तथा नेपालको हित बिपरित भएको तथा अमेरिकी र भारतको योजनावद्ध तरिकाले आएकोले यसको  बिरोध तथा प्रतिरोधात्मक कार्यक्रम गर्नु नै लोकतान्त्रिक राजनीति संस्कार भएको भन्दै सबै लोकतान्त्रिक पक्षधर एक हुन  आग्रह गरे ।

संघिय गणतन्त्र  नेपाल स्थापना गर्न जनयुद्ध  जनआन्दोलन तथा मधेस आन्दोलन ठुलो भुमिका रहेको र जन्ताको जनमतको कदर गर्न केपी वलीले नसकेकोले संघिय गणतन्त्रको रक्षा गर्न चरण बद्ध आन्दोलन घोषणा गरी सडकमा  खबरदारी गर्दै आम पार्टी कार्यकर्ता तथा परिवर्तनको पक्षमा उभिएका जनसमुदाय समक्ष प्रतिगमनकारी को बिरुद्ध आन्दोलन गर्ने कार्यक्रम लिएर टोल टोल सम्म जानू पर्ने बताए।

 छत्रेश्वरी गाउँपालिका इन्चार्ज हरी केसी तथा त्रिवेणी इन्चार्ज टिका बुढाथोकी  झरणाले पार्टीको आन्तरिक समस्या सामाधान गर्न नसकेको  तथा पार्टीलाई बिभाजन गरि गैरलोकतान्त्रिक शक्तिलाई साथ दिने गरि केपी वलीले गरेको गैरकम्युनिष्ट चरित्रले पार्टीको को एकताको लागि सल्यान बासी जनसमुदाय ले पौष १४ गतेको प्रतिगनका बिरुद्ध गरेको बृहत बिरोध कार्यक्रमले प्रतिगमनकारी लाई मुखैभरीको जवाफ दिएको बताएका छन्।

साथै जिल्ला सदस्य चित्र बहादुर केसी भास्करले प्रधानमन्त्रीले  सत्तारूढ पार्टी तथा कम्युनिस्ट पार्टी बनाउन नचाहेको जिकिर गर्दै प्रतिगमनकारीका बिरुद्ध बस्ती बस्तीमा लिएर खबरदारी कार्यक्रम लिएर प्रतिगमणका बिरुद्ध आम जनसमुदाय लाई गोलबन्द गरी  अलोकतान्त्रिक कदमका बिरुद्ध पार्टीलाई नियन्त्रण तथा सुन्तलनमा सबै कार्यकर्ताले चनाखो  भयर खबरदारी गर्नु पर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top