ट्रेण्डिङ

होमपेज / राजनीति

योजनावद्ध र षडयन्त्रमुलक ढंगले संसद विघटन गरियोः सहइन्चार्ज ज्वाला

  सल्यान खबर डेस्क २०७७ पौष १६ गते बिहीबार १७:०९:२३ मा प्रकाशित

पुस १६,सल्यान 
नेपाल कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले योजनाबद्ध र षडयन्त्रमुलक ढंगले प्रतिनिधि सभाको विघटन गरिएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको एकल प्रयास र योजनाबाट मात्र नभई विदेशी शक्तिहरुको षडयन्त्रबाट विघ्टन भएको बताए । 

बिहीबार सल्यान खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्वालाले नेपालमा अस्थिरता कायम गर्ने, गणतन्त्र र संघीयतालाई असफल बनाउने प्रपञ्च रचिएको र उक्त प्रपञ्च असफल बनाउन आफूहरु सडकमा आएको बताए । उनले भने अहिले ओलीले गरेको असंवैधानिक, अलोकतान्त्रिक संसद विघट्नका विरुद्ध ओली बाहेक सबै राजनीतिक दल, नागरिक समाज सडकमा आइ सकेका छन् । सडकबाट संसद पूणस्थापना गराएरै छोड्छौं । 

अदालतले जनता र देशको भावना अनुरुप नै निर्णय गर्नेमा आफू र आफ्नो पार्टी विस्वस्त रहेको बताउँदे ज्वालाले यदी संसद पूर्णस्थापना नभए संसद वैठ्कको आह्वान हुने र संसदको नियमित कामकारवाही सञ्चालन हुने दावी गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top