ट्रेण्डिङ

होमपेज / राजनीति

कम्युनिस्ट पार्टी भित्र महाराजाको जन्म भयो

  सल्यान खबर डेस्क २०७७ पौष ८ गते बुधबार १७:०३:५७ मा प्रकाशित

मंसिर ८,सल्यान 
सल्यान खलंगामा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांस वक्ताहले कम्युनिस्ट पार्टी भित्र महाराजा प्रवृति मौलाउँदा देश र पार्टी संकटमा परेको बताएका छन् । पार्टीको नीति, विधि, पद्धति र कार्यदिशालाई लत्याएर हिटलर शैलीमा देश र पार्टी चलाउँन खोज्दा देश गम्भिर संकटमा परेको बक्ताहरुले बताए । 

नेपाल कम्युनिस्ट पार्टी शारदा नगरकमिटीले खलंगामा गरेको अगुवा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले साम्राज्यवाद र विस्तारबादको गाटी केपी ओल ीबनेको आरोप लगाए । पार्टीको नीति, विधि र कार्यदिशामा विचार विमर्श गर्ने भन्दा पनि आफूले गरेका सबै काम ठिक भन्ने केपी भित्र महाराजा प्रवृति मौलाएको बताए । कार्यक्रममा बोल्दै नेकपाका कर्णाली प्रदेश सदस्य निम बहादुर केसी अरुणले प्रधानमन्त्री केपी ओली हिटलर, मुसोलिनी बनेको आरोप लगाए । आफ्ना काम मात्र ठिक अरुका सबै बेठिक भन्ने प्रवृत्तिले संविधान, राष्टपति, निती विधिलाई निलेको बताए । विगतमा कुनै पनि तानाशाहका सामु घुडा नटेकेको बताउँदै उनले आउँदा दिनमा समेत घुडा नटेक्ने बताए । 

यस्तै कर्णाली प्रदेश सदस्य भीम प्रकाश शर्माले नेपालमा संविधान सभाबाट संविधान बनाउने समय देखिनै नेपालमा षडयन्त्र सुरु भएको बताए । नेपालमा दुई तिहाईको सरकारलाई गिराउने गोटीको रुपमा ओलीले विदेशी शक्तिले प्रयोग गरेको बताए । केपी ओलीको मात्र एक प्रयासले प्रतिनिधि सभा र अध्यादेश नआएको बताउँदै नेता शर्माले अन्तराष्ट्यि शक्तिले परिचालन गरेको बताए । 
कर्णाली प्रदेश सदस्य तथा सल्यान क्षेत्र न १ का इन्चार्ज कृति बहादुर पुनले विदेशी शक्तिको पिछलग्गु बन्दा देशले समस्या भोगेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top