होमपेज / राजनीति
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नेकपाको दोस्रो वरीयताको अध्यक्ष बनाएको छ ।
काठमाडौंको बबरमहलमा जारी रहेको बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिसकेको छ ।
बैठकमा केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष नभई एकल अध्यक्ष हुनुपर्ने फरक मत राखेका थिए । तर, उनकाे मत अस्वीकृत भएकाे थियाे ।
त्यसैगरी कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा लैजाने निर्णय केन्द्रीय कमिटीले गरेकाे छ ।





.jpg)