ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्ताव दर्ता (प्रस्तावकाे पत्रसहित)

  सल्यान खबर डेस्क २०७७ पौष ५ गते आइतबार १७:२३:२३ मा प्रकाशित

नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव गर्दा  गरेका छन् । 

नेकपाका ९० जना सांसदले आज आइतबार संसद् सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको खुलेको छ । 

संसद् सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता भएको हो । 

प्रस्तावमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहिरहँदा चुनौती र समस्याहरू अझै गम्भीर बन्दै जाने, संविधानमाथि प्रहार भइरहने र यसबाट जनता एवं देशले ठूलो क्षति व्यहाेर्नुपर्ने हुन्छ । नेपालको संविधानको धारा १०० को उपधारा ४ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५३ बमोजिम केपी शर्मा ओलीमाथि सदनको विश्वास छैन भनी अविश्वास प्रस्ताव पेस गर्ने प्रयोजनका लागि संविधानको धारा ९३ को उपधारा ३ अनुसार तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन अनुरोध गर्दछौँ ।’

प्रस्तावमा थप भनिएको छ, ‘साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गरी नेपालको संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदका लागि माननीय पुष्पकमल दाहाललाई प्रस्तावित गरेका छौँ ।’ 

यस्ताे छ दर्ता गरिएकाे पत्र -

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top