ट्रेण्डिङ

होमपेज / राजनीति

ललिता निवास जग्गा प्रकण : दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

  सल्यान खबर डेस्क २०७७ मंसिर २८ गते आइतबार १९:०६:४८ मा प्रकाशित

२८ मंसिर। बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भूमिसुधार मन्त्रालयको सचिव भएका  बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए ।

onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

Top