ट्रेण्डिङ

होमपेज / राजनीति

शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

  सल्यान खबर डेस्क २०७७ मंसिर २८ गते आइतबार १४:५९:३६ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर बसेको बैठकले शोक प्रस्ताव पारित गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी कमिटी बैठक काभ्रे निवासी नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितितमा बसेको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएपछि आगामी मिति पुस १ गतेलाई तय गरिएको छ।

नेकपाका केन्द्रीय सदस्य लामाको निधन भएकाले शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएपछि पछिल्लो समय देखिएका विवादमा छलफल गर्न अझै कुर्नुपर्ने भएको छ। नेता लामाको गत मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

आजको बैठकमा उनै नेता लामाको अढाई करोड रुपैयाँ बढी हिनामिना आरोप झेलिरहेका प्रवक्ता नारायणकाजी श्रेष्ठबारे पनि छलफल हुने अनुमान थियो। तर आजको बैठकमा अन्य कुनै विषयमा कुरा हुन सकेन। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेपछि मंसिर २१ स्थायी कमिटी बैठक बसेर आजलाई सरेको थियो। धुम्बाराहीमा बसेको बैठकमा ओलीले आफू सहभागी नभइ चिठी पठाएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top