होमपेज / राजनीति
सल्यान २७, मंसिर ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विकासमा राजनिति गर्न नहुने बताएका छन् ।
विकास जनताका लागी र समृद्ध बनाउनका लागी हुने भएकाले विकास निर्माणका कामहरुमा राजनीति गर्न नहुँने बताए । सल्यानको शारदा नगरपालिका वडा नम्बर ११ हिवल्चा स्थित भल्काने अनौले लिफ्ट खानेपानी आयोजनाको शनिवार उद्घाटन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन ।
उनले विकासका लागी पहल जसले जहाँबाट गरेपनि त्यो, बिशुद्ध समाजका लागी हुने भएकाले विकासमा काममा साझा धारणा निर्माण गर्नुपर्ने बताए । अहिले राजनिति गर्ने बेला होइन, राजनिति चुनावको बेला गरौँला, अहिले विकास गर्ने बेला हो, यो पार्टी, त्यो पार्टी भनेर कोही लाग्नु हुदैँन्, उनले भने स्थानिय तह, प्रदेश सरकार होस या केन्द्र सरकार, जसले गरेपनि समाजका लागी र हाम्रा लागी गरेको विकास हो भन्ने बुझ्नुपर्दछ ।
मन्त्री ज्वालाले समाजमा हुने हरेक विकास निर्माणका कामहरुले तिव्रता पाएको बताए । विगतका बर्षहरुमा पनि हिवल्चामा विभिन्न क्षेत्रको विकासका लागी वजेट विनियोजन गर्दै आएको र यस बर्ष पनि विकासका लागी वजेट विनियोजन भएको बताए । उनले प्रसिद्ध धार्मिक स्थल खैरावाङ मन्दिरलाई मुख्य प्राथामिकतामा राखेर सडक, शिक्षा, खानेपानी, बिद्युक्त लगाएतका क्षेत्रलाई जोड दिएर काम गरिरहेको बताए ।
करिब ४५ लाख रुपैँया बढीको लागतमा सम्पन्न भएको यस योजनाबाट ९२ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।





.jpg)