ट्रेण्डिङ

होमपेज / राजनीति

माग्ने र दिने प्रवृत्ति दिगो विकासका लागि घातक : मुख्यमन्त्री शाही

  सल्यान खबर डेस्क २०७७ मंसिर २१ गते आइतबार २०:३४:२९ मा प्रकाशित

२१ मंसिर, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले फिल्डमै पुगेर वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन दिएका छन् । आइतवार सम्पन्न कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आवश्यक परेको अवस्थामा मन्त्री र सचिव समेत फिल्डमा पुगेर वजेट कार्यान्वयनलाई गति दिनुपर्ने वताए। 

मुख्यमन्त्री शाहीले जिल्ला स्थित कार्यालयहरुबाट भइरहेको कामको प्रभावकारी अनुगनमन गर्न, वजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई जनतासम्म जोडन सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व फिल्डमा पुग्नुपर्ने धारणा राखे  ।  

उनले अवको तिन महिना वजेट कार्यान्वयनलाई तिव्रता दिने र वेसलाईन सर्भेका आधारमा आवधिक योजनाको सुची तयार गर्ने काममा केन्द्रीत हुनुपर्ने वताए । माग्ने र दिने प्रवृत्ति दिगो विकासको लागि घातक रहेको वताउदै मुख्यमन्त्री शाहीले वेसलाईन सर्भे गरेर आवश्यकता र औचित्यका आधारमा मात्र योजना निर्माण गरिनुपर्नेमा जोड दिए। 

मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनका लागि संरचना, जनशक्ति, लेखाप्रणाली लगायतका समस्या सामाधान गरिएको वताउँदै निहुँ झिकेर वजेट कार्यान्वयनमा गरिने लापरवाही आफुलाई स्वीकार्य नहुने चेतावनी दिए। 

सम्पन्न गरिएका आयोजनाको समयमै भुक्तानी नदिएका कारण पनि चौमासिक प्रगति कमजोर देखिएको वताउदै मुख्यमन्त्री शाहीले भुक्तानी प्रक्रियालाई चुस्त राख्न निर्देशन दिए। एकातिर काम सम्पन्न भएको, अर्कोतिर सरकारी खातामा वजेट थ्रुप्रिरहने र त्यसवाट निर्माण व्यवसायी एवं उपभोक्ता मारमा परिरहने समस्या तत्काल अन्त्य हुनुपर्नेमा मुख्यमन्त्री शाही जोड दिए। 

उनले भुक्तानी प्रक्रियालाई चुस्त नराख्दा प्रदेश सरकारप्रति नै अविश्वास पैदा भएको तर्फ गम्भिर हुन ध्यानाकर्षण गराए । 

मुख्यमन्त्री शाहीले कागजमा देखाईने समीक्षा भन्दा आत्मासमीक्षाको जरुरी भएको वताउदै सरकारको प्रभावकारिता वृद्धि गर्नुपर्ने जोड दिए। 

कागजलाई आकर्षक वनाउने मेहनत वजेट तथा योजना कार्यान्वयमा लगाउन आग्रह गर्दै मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक समीक्षामा प्रगति प्रतिवेदन संगै कार्यसम्पादन करार सम्झौता पनि वोकेर आउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top