ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लैजाने सहमति

  सल्यान खबर डेस्क २०७७ मंसिर २० गते शनिबार १७:२४:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सचिवालय बैठकले दुवै अध्यक्षका राजनीतिक प्रस्ताव  स्थायी कमिटीमा लैजाने सहमति गरेको छ । 

बैठकले अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरुलाई भोलि आइतबारबाट सुरु हुने स्थायी कमिटीकाे बैठकमा पेश गरी छलफल गर्ने निर्णय गरेको प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए। करिब तीन घन्टा चलेको बैठकमा सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका थिए । 

सचिवालय बैठकअगाडि दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा करिब १ घन्टा बेग्दै भेटघाट भएको थियो । २५ दिनको संवादपछि अध्यक्षद्वयबीचको भटवार्ताले आजको सचिवालय बैठकको माहोल बनेको एक सचिवालय सदस्यले बताए । गत कात्तिक २५ यता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन। 

मंसिर १७ को बैठक स्थगित भएपछि अनौपचारिक छलफल सघन बनेको छ । यस्तै, अध्यक्षबीचको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय बनेकी छिन् । राष्ट्रपति भण्डारीले शुक्रबारमात्रै ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटेकी थिइन् । 

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले समेत लिखित प्रस्ताव पेस गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

अध्यक्ष ओली समूहले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने र त्यसमा छलफल हुन नसक्ने अडान राख्दै आएको थियाे । यता सचिवालयको बहुमतले भने दुवै प्रस्तावमा छलफल गरेपछि मात्रै कुनै पनि निष्कर्षमा पुग्न सकिने भएकाले विधि र पद्धति स्विकार्नु पर्ने अडानमा थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top