ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा फुटे संघीयता संकटमा: ज्वाला

  सल्यान खबर डेस्क २०७७ मंसिर १३ गते शनिबार १९:२७:३१ मा प्रकाशित

मंसिर १३,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले नेकपा फुटे संघीयता र राष्ट्रियतामा नै संकट आउने बताएका छन् । संघीयताको कार्यन्वयन र संघीयता जोगाउनका लागि पनि नेकपा फुटन नहुँने बताए । 

शनिबार सल्यान ढोरपिपलमा आयोजित बालुवा –कुपिण्डे– जयतपानी– खलंगा सडकखण्डको स्तरवृद्धिको शिलन्यास कार्यक्रममा बोल्दै सह इन्चाजर्ः ज्वालाले पार्टी भित्र नीति, विधि र विचारमा विवाद भएको बताउँदै उक्त विवादहरुलाई महाधिवेशनबाट टुंगो लगाउन सकिने बताए । उनले भने ‘एउटा गाउँको सामान्य क्लव त निति विधिमा चलेको हुन्छ भने देशको नेतृत्व गरेको पार्टी पनि निति विधि र प्रकृयामा हिड्नु पर्छ ।’ 

पार्टीको निति विधिलाई स्वीकार गर्न नसक्ने व्यक्ति कम्युनिस्ट हुँन नसक्नै बताउँदै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका ज्वालाले नीति र बिचारमा चले विवाद नहुँने दावी गरे । 
समृद्धि गीत गाएर नआउने बताउँदै उनले त्यसको लागि कृषि, पशुपालन, औद्योकिकरण, पूर्वाधारको विकास गरी जनताको जनजीविकासँग जोडिनु पर्ने बताए । 
राजनीतिले सहि ट्याक लिन सकेमात्र विकासले पनि सहि ट्याक लिन सक्ने उनको दावी रहेको छ । 

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले पञ्चायतकालमा शिलन्यास भएको बाटो निकै लामो समय पछि स्तरउन्नती हुन लागेको बताए । कर्णाली प्रदेशको राजधानी जोड्ने यस सडकले पर्यटनमा समेत महत्वपूर्ण टेवा पु¥याउने बताए 

यस्तै कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले सकडमा गाडी मात्र गुडाउने भन्दा उत्पादनलाई पनि जोड दिनु पर्ने बताए । शहरबाट आद्यन्न  ल्याउने भन्दा पनि यहाँको उत्पादन बजारीकरण गरी सडकको उपयोग गर्नु पर्नेमा जोड दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top