ट्रेण्डिङ

होमपेज / राजनीति

'राजसंस्था र हिन्द राष्ट्र आएमा योग्य व्यक्तिले अवसर पाउँछन्'

  सल्यान खबर डेस्क २०७७ मंसिर १२ गते शुक्रबार १६:५९:३६ मा प्रकाशित

पछिल्लो समय देशका विभिन्‍न स्थानमा राजसंस्था र हिन्दु राज्यको पक्षमा ठूलो संख्यामा प्रदर्शन हुन थालेका छन्।

पोखरासहितका स्थानमा हजारौंको संख्यामा उत्रिएर भइरहेका प्रदर्शनलाई लक्षित गर्दै विभिन्‍न टिप्पणी पनि हुन थालेका छन्। कसैले विरोध त कसैले समर्थनमा आफ्ना भनाइ राखिरहेका छन्।

यी प्रदर्शनले पूर्वपञ्‍च तथा राजावादी दलहरुलाई माहोल तताउने मौका बनेको छ। खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टी र कांग्रेसका समेत कार्यकर्ता सहभागी भएर राजसंस्था र हिन्दु राज्य माग्न थालिएको हो।

यस्तोमा राप्रपाका एकजना अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्य आएमा योग्य र इमान्दार व्यक्तिहरुले कामको अवसर पाउने बताएका छन्। 

उनले शुक्रबार सामाजिक सञ्‍जालमा आफ्ना भनाइ राख्दै हिन्दुराष्ट्र र राजसंस्थाले जादु गर्न नसके पनि कसैलाई विभेद भने नगर्ने जिकिर गरेका हुन्। 

थापाले जादुगरी शैलीमा देशले मुक्ति नपाए पनि सकारात्मक परिवर्तन भने अवश्य ल्याउने बताएका छन्। 

'कतिपयले सोध्छन्-हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ? हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधानगर्ने होइन', उनले भनेका छन्, 'त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ। राम्रो कामका निम्ति योग्य-इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ।'

thahakhabar

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top