ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यान निर्वाचन क्षेत्र २ मा पूर्वाधार विशेष कार्यक्रमको रकमबाट २२ योजना छानिए (लिष्ट सहित)

  सल्यान खबर डेस्क २०७७ मंसिर ७ गते आइतबार १८:५४:३८ मा प्रकाशित

मंसिर ७,सल्यान
सल्यान क्षेत्र न २ को पूर्वाधार विशेष कार्यक्रमको योजना र रकम बाँडफाँड भएको छ । कर्णाली प्रदेश सरकारद्धारा सञ्चालित सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्वका छनौट हुने निर्वाचन क्षेत्र न २ को २२ योजना र रकमको वाँडफाँड भएको हो । 

प्रदेश सांसद एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको क्षेत्रमा २२ योजना छनौट भएका छन् । 
मन्त्री ज्वालाले कालिमाटी गाउँपालिका ६ मा रहेको नेरा प्रावि शितलपुर विद्यालय भवनका लागि ३० लाख, कालिमाटी ४ को ज्ञान ज्योति माध्यमिक विद्यालय सुकेताल भौतिक पूर्वाधारमा २० लाख, कालिमाटी गाउँपालिका ५ को आधारभुत विद्यालय बालुवा भवन निमार्णका लागि २० लाख गरी कालिमाटी गाउँपालिकामा ७० लाख बजेट विनियोजन गरेका छन् । 

त्रिवेणी गाउँपालिका २ मा रहेको रावतखोला लिफ्ट खानेपानी योजनामा २० लाख, त्रिवेणी गाउँपालिका १ मा रहेको रिखे दामेको सिंचाई मिल कुलोमा १० लाख, वडा न १ मै रहेको कोलचौर खद्दर अनिरुद्र दागं सडक निमार्णमा २५ लाख र  वडा न ६ मा रहेको जय वुद्ध प्रावि पोखरी मर्मत सम्भार, घेरबार तथा ग्याविन वालका लागि १० लाख गरी ६५ लाख बजेट वाँडफाँड भएको छ । 

यस्तै कपुरकोट गाउँपालिका २ मा रहेको कपुरकोट दानवाङ सिपाङ धनठाना गोठिवन हुँदै रिठाबोट सिमलकुना सकडका लागि ३० लाख, वडा न ५ को खाली सिदुरी जुकेपानी मेलचौर सितलबजार कृषि सडकमा २० लाख, वडा न ६ को जलवाङ रातामाटा, सातामुल, सिनवाङ सल्ले कृषि सडकमा २० लाख, वडा न ३ को मुलपानी मगराधाराबाट जम्पानी हुँदै धाडे जाने कृषि सडकमा १० लाख गरी ८० लाख बजेट विनियोजन भएको छ । 

छत्रेश्वरी गाउँपालिका वडा न ३को दारिमज्युला खापुकाँडा तारुपारे महानेटा लेखपोखरा सडकमा २० लाख, वडा न ४ को लैसे झडखानी आकाशी त्रिवेणी सडकमा २० लाख, भगवति आधारभुत विद्यालय दहखोला अधुरो भवन छत्रेश्वरी २ मा २० लाख र वडा न ७ मा रहेको महिला सामुदायिक भवन निमार्ण जिताथानमा १० लाख गरी ७० लाख विनियोजन भएको छ । 

शारदा नगरपालिका वडा न ५ को रानीकोट समीबोट हिम दर्शन पार्क सुकेखोला सडकमा २० लाख, वडा न ४ मा रहेको नेत्रलाल आभागी प्राविधिक शिक्षालय अधुरो भवन तथा पूर्वाधार निमार्णमा ५० लाख, वडा न ९ को निमावि सुनचौर घेरवार निमार्णमा २० लाख, वडा न १३को लक्ष्मी मावि स्यानीखाल विद्यालय भवन निमार्ण ३० लाख र वडा न ४ को सिमखर्क सुनटाकुरा भंगेरीखोला कोलडाँडा सापमारा सकडमा १८ लाख गरी १ करोड ३३ लाख बजेट विनियोजन भएको छ । 

बनगाड कुपिण्डे नगरपालिकाको वडा न १२मा रहेको बस्नेउरा माँझखर्क चौर धारापानी सुर्खेत सडक स्तरोन्नतिमा ५० लाख र वडा न ८ को कोटभिर कौछे आगरनेटा सडक निमार्णमा २० लाख गरी ७० लाख बजेट विनियोजन गरिएको छ । 
छनौटमा परेका सबै योजनाहरुलाई कार्यन्वयनका लागि पूर्वाधार विकास कार्यालय सल्यानमा पेश भइ सकेको मन्त्री ज्वालाले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top