ट्रेण्डिङ

होमपेज / राजनीति

पाँच महिनापछि छत्रेश्वरी गाउँपालिकाले पारित गर्‍यो नीति तथा कार्यक्रम र बजेट

  सल्यान खबर डेस्क २०७७ कार्तिक २० गते बिहीबार २०:२२:५९ मा प्रकाशित

कात्तिक २०
आर्थिक वर्ष सुरु भएको झन्डै पाँच महिनापछि छत्रेश्वरी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । बिहिबार बसेको गाउँसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । 

गत असार १० गते बसेको आठौं गाउँसभामा नीति तथा कार्यक्रम र प्रस्तुत भएपनि वाम र काँग्रेसको केही विषयमा सहमित नहुँदा विवाद हुँदै आइरहेको थियो । करारमा रहेका शिक्षकहरुको तलब सुविधाका लागि अनुदान कार्यविधि बनाई कार्यान्वयन गर्ने, अनावश्यक करार कर्मचारी हटाउने लगायतका विषयमा सहमति पछि बजेट पारित भएको छ । 
गाउँपालिकाको ५० औं कार्यपालिका बैठ्कमा बजेट र सहमति हुन नसकेका विषयमा सहमति भएपछि गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको गाउँपालिका अध्यक्ष शन्तोष केसीले जानकारी दिए । स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनको भनाई छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४५ करोड ९९ लाख ६० हजार बराबरको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष सिता केसीले बताइन । 
गाउँपालिका उपाध्यक्ष सीता केसीले संघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान ९ करोड १९ लाख, शसर्त अनुदान १८ करोड २३ लाख, राजस्व बाँडफाँड ७ करोड २९ लाख ३५ हजार नौ सय, विशेष अनुदान ३ करोड तथा प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान ९९ लाख ४२ हजार, राजस्व बाँडफाँड ६ लाख ८३ हजार, शसर्त अनुदान २० लाख, बिशेष अनुदान ४० लाख र आन्तरिक श्रोत ३ करोड ४५ लाख २० हजार गरि ४५ करोड ९९ लाख ६० हजार ३ सय ३३ रकम बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन । यस्तै प्रदेस सरकारको समपुरक २ करोड ६५ लाख अनुमातित बजेट पेस भएको छ ।

पारित बजेट मध्य चालुतर्फ ८ करोड ४० लाख ९२ हजार अर्थात २९.१० प्रतिशत,पुर्जिगत तर्फ १३ करोड ५ लाख ९२ हजार अर्थात ६०.९० प्रतिशत बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले जानकारी दिए ।
एक वडा एक एम्बुलेन्स राख्ने प्राबधान अन्तरगत थप ४ वटा एम्बुलेन्स खरिदका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top