होमपेज / राजनीति
भदौ १९, सल्यान
कोरोना भाइरसको रोकथाम तथा उपचारको लागि कर्णाली प्रदेशका नाकामा खटिएका स्वास्थ्यकर्मीको करार सम्झौता थपिएको छ ।
कर्णाली प्रदेशका मुख्य पाँच नाकामा प्रतिकार्य रोकथाम तथा उपचारका लागि खटाइएका स्वास्थ्यकर्मीहरुको करार सम्झौता थपिएको हो ।
कर्णाली प्रदेश मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता विमला के.सी.ले नाकामा खटिएका ५८ जना स्वास्थ्यकर्मीहरुको करार सम्झौता २०७७ साउन १ गतेदेखि २०७७ असोज मसान्तसम्म थपिएको जानकारी दिइन ।
यस्तै कोभिड १९ रोकथाम तथा उपचारका खटिएका विभिन्न जिल्लाका १ सय ७६ सामुदायिक नर्सहरुको पनि ६ महिनाको लागि म्याद थप गरी साविक बमोजिमकै कामकाजमा खटाउने निर्णय भएको प्रवक्ता केसीले बताइन ।
मन्त्रीपरिषद्काे वैठ्कले साविक घरेलु तथा साना उद्योग विकास समिति तर्फका अस्थायी कर्मचारीहरुको क्याद २०७७ पुष मसान्तसम्मका लागि थप गरी हाल कार्यरत कार्यालयहरुमा साविककै सेवा सुविधा पाउने गरी कामकाजमा खटाइने व्यवस्था मिलाउने निर्णय गरेको छ । 





.jpg)