ट्रेण्डिङ

होमपेज / राजनीति

‘सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लगिने’

  सल्यान खबर डेस्क २०७७ असार ३० गते मंगलबार १९:२६:२९ मा प्रकाशित

असार ३०, सल्यान । 
सभामुख अग्नीप्रसाद सापकोटाले सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लैजाने बताएका छन् ।

संसदीय छानविन समितिले आज बुझाएको सोती घटनाको प्रतिवेदन बुझ्नुहुँदै सभामुख सापकोटाले रूकुम पश्मिको चौरजाहारी नगरपालिका सोतीमा जेठ १० गते घटेको घटनाको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताए ।

घटनाको अध्ययनका लागि समितिलाई दिईएको समय असार ३१ गते सकिने र अहिले संसद नचलेको हुनाले समामुख समक्ष प्रतिवेदन बुझाएको समितिका संयोजक सांसद देवेन्द्र पौडेलले बताए ।

समितिले घटना स्थलको अवलोकन, घटनाका घाईते, मृतक तथा घाईतेका आफन्त, स्थानीय जनप्रतिनिधी एवं विज्ञ–विशेषज्ञ संगको छलफल, प्रहरीको अध्ययन प्रतिवेदनका आधारमा सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेको समितिका संयोजक पौडेलले जानकारी दिए।

घटनाको मूल कारण अन्तरजातीय प्रेम सम्बन्ध र जातीय विभेद रहेको समितिको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top