होमपेज / खेलकुद
वैशाख १४,सल्यान
दोस्रो शारदा मेयर कप टि २० क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले उचालेको छ । शारदा नगरपालिका २ खलंगा लुहापिङ खेलमैदानमा आइतबार सम्पन्न खेलमा कुमाख गाउँपालिकालाई ४ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।
१२८ रनको लक्ष्य पछ्याएको बागचौरले ६ विकेटको क्षतिमा १७ ओभरमा लक्ष्य पुरा गरेको हो । जितका लागि किशोर वली ४९, निर्मल डाँगी १९, सुर्य सुनार १५ बनाउन सफल भएका थिए । कुमाखका सुमन भडँेल र सुरज बुढाथोकीले समान २÷ २, र जेनिश बुढाथोकीले १ विकेट लिनु भएको थियो ।
टस हारेर पहिले व्याटिङ गरेको कुमाख गाउँपालिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । कुमाखका राजेश विकले ४७, सुरज बुढाथोकीले २४र जेनिश बुढाथोकीले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
विजेता बनेको नगरपालिकाले नगद १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको कुमाख गाउँपालिकाले ५० हजार नगद प्राप्त गरेको छ ।
प्रतियोगिताको बेष्ट ब्याट्समेन कुमाखका सचिन विक, बेष्ट बलर कुमाखकै विष्णु वली, इमरजिङ प्लेयर त्रिवेणीका सुमित भण्डारी, वेष्ट फिल्डर कालिमाटीका विष्णु चौधरी, वेष्ट किपर त्रिवेणीका मोहन केसी, प्लेयर अफ द सिरीज त्रिवेणीका सुरज केसी बनेका थिए । त्यस्तै फ्यान अफ द टुर्नामेण्टको रुपमा नविन बस्नेत पुरस्कृत भएका थिए ।





.jpg)