ट्रेण्डिङ

होमपेज / खेलकुद

कुमाख गाउँपालिकाको अध्यक्ष कप रागेचौरमा सुरु

  सल्यान खबर डेस्क २०८१ फाल्गुण ७ गते बुधबार २०:३५:३४ मा प्रकाशित

सल्यान, ७ फागुन ।

सल्यानको रागेचौरमा कुमाख गाउँपालिकाको अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कर्णाली सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गरेका हुन । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अधिकारीले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी गरिरहेको भन्दै खेलाडीले अनुशासनपूर्वक सहभागिता जनाउनुपर्ने बताएका छन् । 

कपमा अन्तर वडा स्तरीय भलिबल, हाई जम्प, लङ जम्प, त्रिपलजम्प, सटपट, ज्याव्लिङ थ्रो तथा दौडका खेलहरू हुनेछन् । 

खुला ब्याडमिन्टन प्रतियोगिताको खेल समेत समेटिएको कपमा सबै इभेन्टमा प्रथम र द्वितीय हुने वडालाई क्रमशः ३० हजार र २० हजारले पुरस्कृत गरिनेछ । 

कार्यक्रम अध्यक्ष मान बहादुर बुढाथोकीले कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदै गाउँपालिका अनुशासन र कर्तव्यनिष्ठ नागरिक बनाउनका लागि खेल क्षेत्रमा लगानी गरिरहेको बताए । 

उपाध्यक्ष लाल बहादुर रावतको विशिष्ट आतिथ्यमा भएको उद्घाटनमा पूर्व अध्यक्ष दिलमाया बुढामगर गिरी र उपाध्यक्ष डिल्लीराज जैसी लगायत सहभागीहरूले शुभकामना मन्तव्य राखेका थिए । 

उनीहरूले कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सरकारले गर्ने हरेक कार्यक्रमहरूमा सबैको उत्साहजनक सहभागिता हुनुपर्ने बताएका छन् । सरकारले जनतामा उत्साह जनाउन सकेमा मात्रै सरकार सफल हुने बताएका हुन । 

त्यस्तै कार्यक्रममा वडाध्यक्षको तर्फबाट ६ नं वडाध्यक्ष कर्ण बहादुर विक, जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्क आचार्य, नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष डिल्लीराज रावत, शिक्षक महासङ्घ कुमाखका अध्यक्ष टिकाराम आचार्य, नेपाली काग्रेशका इन्द्रराज शर्मा, नेकपा एमालेका रेमन्त शर्मा, प्रहरी निरीक्षक धर्मचन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार सोनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख दीपक चन्दले गरेका थिए ।

गाउँपालिकाको खेल मैदानमा उद्घाटन भएको प्रतियोगिता शुक्रवारसम्म चल्नेछ । 

यही फागुन १५ गते देखि १७ गते सम्म १५ औ जिल्ला स्तरीय रनिङ सिल्ड पनि कुमाख २ को नेटामा हुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

Top