ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यानको शारदा नगरपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

  सल्यान खबर डेस्क २०८१ माघ २८ गते सोमबार १८:४३:१६ मा प्रकाशित

माघ २८, सल्यान 

सल्यानको शारदा नगरपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका खेलकुद भन्ने मुलनारा सहित त्रिभुवन जन माध्यमिक विद्यालयमा लुहापिङमा सल्यानमा ७ औ राष्ट्रपति रनिङ शिल्ड  खेलकुद प्रतियोगिता सुरु भएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन नगरप्रमुख प्रकाश भण्डारीले गर्नुभएको थियो । 

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भण्डारीले खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास व्यक्त गर्दै  खेलकुदलाई शिक्षा, अनुशासन र नेतृत्व विकासको माध्यमका रूपमा पनि हेरिरहेको बताउनु भयो । उहाँले नगरपालिकाले खेल क्षेत्रमा लगानी गरेको बताउँदै प्रत्येक मावि विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्न लागेको बताउनु भयो । खेल क्षेत्रले खेलाडीहरूको मनोबल र आत्मा विश्वास बढाउने  बताउँदै उहाँले अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभयो । 

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा सामुदायिक र ५ वटा संस्थागत गरी  १६ वटा विद्यालयका ८ सय ४ जना विद्यार्थीको सहभागिता रहेको छ । 

प्रतियोगितामा छात्र र छात्रा लागि भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट गरी ४ वटा विधामा ३६ खेल हुनेछन् । ७२,७२ वटा स्वर्ण , रजत र  कास्यको लागि प्रतिस्पर्धा गर्ने शिक्षा युवा तथा खेलकुद  शाखा प्रमुख लिलाधर बबालले जानकारी दिनुभयो । 

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, वडाका जनप्रतिनिधि सहित पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,  पत्रकारहरू, सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी एवम् खेलाडीहरू र खेलप्रेमीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top