ट्रेण्डिङ

होमपेज / कला/साहित्य

मेरो आस्था

कविता

  सल्यान खबर डेस्क २०७७ जेठ ९ गते शुक्रबार १३:४२:४५ मा प्रकाशित

कालापानी , लिम्पियाधुरा र लिपु
आज नक्साको नानी भएको छ।
थिलथिलिएको स्वाधीनता 
आशामा बदलिएको  छ ।
 मेरा आस्थाका ति धरोहर  
हाम्रो थियोे हाम्रै भएको छ ।
स्वर्ग  जस्तो हाम्रो  भूमि
स्वाधीनतामा परिणत गर्नुछ ।
बलियो सार्वभौमिकता कायम गर्न 
एमसिसी फेल गर्नुछ ।
 परिवर्तनलाई  संस्थागत गरी
 हाम्रो आस्था बचाई राख्नुछ ।
 राष्ट्रको अस्मिता जोगाउन 
 वैरीहरुको योजनामा बन्ध्याकरण गर्नुछ ।
राष्ट्रियता विरोधी आस्थाहरुको 
एक (एक हिसाब राख्दै जानुछ ।
स्वाधीनताको सवालमा  
को अगाडि हुन्छ पर्खनुपर्नेछ ।
मेरो आस्थामा यताउता हुननदिन  
मुठी कसेर पर्खालमा उभिरहनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top