होमपेज / कला/साहित्य
अहिले फाल्यौ मलाई फालेको परिणाम आउछ
अरे मान्छे हुँ फालेको टपरी त फेरि काम आउँछ
आम्दानी स्रोतको सल्लाह यस्तो दियो छिमेकिले ,
तेरी आमालाई बन्दगीमा राख तँलाई दाम आउछ ।
जसले पछाडि बाट मेरो खुट्टा तानेर खुट्टा काट्यो ।
उसैले सोचेन मेरो मृत्युुमा यो पनि मलाम आउँछ ।
यो थिचोमिचो तेरोमेरो अहिल्यै छोड्नुस महोदय ।
यस्तै हो भने कमाएको इजतमा बदनाम आउँछ १
तिमी यो दुखको आधा उकालो नपुग्दै नभन बसौं ।
थाहै छ अक्षर पछि अन्तिममा पुर्णविराम आउँछ





.jpg)