होमपेज / कला/साहित्य
भैगो चुप लागेर बस लालटमा लेखिएको मान्छे
मेरो हिया बनी सक्यो सफरमा भेटिएको मान्छे
यार साथी तैले प्रेमिकालाई रुमाल दिए भनिस् ।
मैँ हुँ हेर प्रेमिकालाइ मुटु सौगात दिएको मान्छे
चिहान (चिहान हिड्दा पनि त्रास कत्ति लाग्दैन ।
सायद निडर हुन्छ सडकमा जन्मिएको मान्छे
सीप छ पाखुरा चलाउछु देशमै पसिना बगाउछु ।
भन्न थाले छ बल्ल खाडीबाट फर्किएको मान्छे
देश परिवर्तनको खोक्रो नारा लगाई रहेछ आज ।
हिजो हाम्रै कर्णाली राप्ती बेच्न तम्सिएको मान्छे ।





.jpg)