ट्रेण्डिङ

होमपेज / कला/साहित्य

जिन्दगी सफर हो

गजल

  सल्यान खबर डेस्क २०७७ बैशाख २४ गते बुधबार १७:५५:२७ मा प्रकाशित

जिन्दगी सफर हो यो सफरमा यात्रा गरिनु पर्छ 
ए गन्तव्य तेरै खोजीमा हिड्दै छु तँ भेटिनु पर्छ 

ओ रित्ताहरु हो भरीन पनि त्यति सजिलो छैन ।
अग्लो गाग्रो झुक्नु पर्छ होचो लोटा उभिनु पर्छ 

मेरा छिमेकि मेरो बिरुद्ध छाती पिटेर उफ्रन्छ्न् ।
हेक्का छैन इजार छिनिए आफू नै नाङ्गिनु पर्छ 

बिचलित हुदै नहुनु आमा म युद्धमा होमिन पुगे ,
देशको लागि मर्न पनि यो भाग्यमा लेखिनु पर्छ 

ऊ यो छाती टेकिदा पनि नदेखे झै गरेर हिड्यो ।
तैपनि दुखेसो छैन चप्पल हुँ चप्पल टेकिनु पर्छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top