ट्रेण्डिङ

होमपेज / कला/साहित्य

फुललाई झर्ने डर छैन

गजल

  सल्यान खबर डेस्क २०७७ बैशाख ७ गते आइतबार १३:३३:२९ मा प्रकाशित

रुख ढल्यो डाली भाँचियो फुललाई झर्ने डर छैन 
अभागी खप्परमा भगवानको प्रकोप पर्ने डर छैन 

जस्को कारण आज यो मुटु बहुत दुखि रहेको छ 
महोदय, उनी यो मुटुबाट अन्तै बसाई सर्ने डर छैन 

सरकार हजुरको राहत बाड्ने कार्यक्रम कहाँ सम्म पुग्यो
हाम्रो अगेनामा आगो निभ्यो अब रत्तिभर मर्ने डर छैन 

उ भ्रष्टाचार गर्न समेत चुकेन आमा बिरामि भएको बेला  
आउदो चुनावमा बिटाका बिटा हरिया नोट छर्ने डर छैन 

जो आफ्नै देशमा उदायको सुर्य हेर्ने पर्खाइमा छ उस्लाई 
अब देश फर्किन परिवार भेट्न कालिगण्डकी तर्ने डर छैन

प्रतिक्रिया

सम्बन्धित खवर

Top