होमपेज / कला/साहित्य
भत्काईदेउ आणविक भट्टिहरु,बनाउ प्रयोगशालाहरु
नबनाउ बम मेसिनगन,बनाउ थर्मामिटर आलाहरु ।
मन्दिर चर्च देखिहालेउ पुजारिको पनि केही चल्दैन
कोरोना हुदैन निको बालेर ती दियोका पालाहरु ।
बम बारुद बनाउन मेसिनगन हुदैन चलाउन सिकाएर
स्वच्छ बनाउन पर्यावरण सिकाउ खोलेर पाठशालाहरु ।
ईबोला जिका कोरोना आएपनी थुप्रै अन्य रोगहरु
नमस्ते गर हात नमिलाउ छोड जोड्न ओठ गालाहरु।





.jpg)