ट्रेण्डिङ

होमपेज / कला/साहित्य

भाइरसका दुतहरु लाग्छ गाउँ छिरिसके

  सल्यान खबर डेस्क २०७६ चैत्र २९ गते शनिबार ११:२१:१२ मा प्रकाशित

मानिसहरु भयभित हाल सङसारमा छन ।
धेरै मरिसके अझै धेरै उपचारमा  छन ।।

भाइरसका दुतहरु लाग्छ गाउँ  छिरिसके ।
केवल हल्लाहरु मात्र बजारमा छन ।।

हिजो छिमेकिमा मज्जैले तास खेल्दै थिए।
लागेथ्यो होला उनिहरु दशैं तिहारमा छन ।।

अब मर्नु  या त बांच्नु  जिन्दगिमा भनेर ।
उता परदेशि दाजुभाईहरु दोधारमा छन ।।

मौका यहि हो  यसैमा चौका हान्नुपर्छ सोची ।
 छन कयौं दलालहरु काला ब्यापारमा छन ।।

गरिब एक गास पिठो नपाएर मरेभने कतै ।
साच्चैं  यस्का जवाफहरु के सरकारमा छन ?

कृपया गलत समाचारको पछि नलाग्नुहोला ।
अझै खतराहरु झन गलत समाचारमा छन ।।

                                                                                    श्रष्टा कुमाख गाउँपालिका सल्यानका प्रमुख प्रशासकिय अधिकृत हुन 

प्रतिक्रिया

सम्बन्धित खवर

Top