होमपेज / कला/साहित्य
बा
सम्झिन्छु दिनानुदिन,
ऐनामा हेर्दा देख्छु छाया,
म एक प्रतिनिधित्व पात्र,
मेरो सार र अन्तर्मन।
आवाज,चाल र गति,
सपना आशा मति
म हुँ, तिम्रै प्रतिछाया।
तिम्रै जिउने कला,
पदचाप पछ्याउँदै,
देखाएको सही मार्ग,हिँड्दै
सिकाएको विश्वास लिएर
जब(जब म अगाडि बढ्छु,
तिमी भएर त
मेरो अस्तित्व छ,
आफ्नो परिचय बनाउन,
तिमी बिना केही असहज भए
तर
क्षितिज पारीबाट चिह्याउदा
धेरै समय पछि पनि,
सुखको सुस्केरा देखिने गरी
पहिचान, जिन्दगीको अर्थ,
शब्द,हरेक श्वासमा तिम्रै सुगन्ध,
बा, तिमी हौ म,
र म तिमी।
राजन कार्की नारायणी नमुना मा•वि•भरतपुर,चितवन नेपाल