ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यानमा कृति समिक्षा तथा रचना वाचन

  सल्यान खबर डेस्क २०८० माघ २७ गते शनिबार २०:४८:१७ मा प्रकाशित

माघ २७,सल्यान 
मनोहर लामिछानेले लेखेको सल्यानी लोकवार्ता पुस्तकको समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको आयोजना र शारदा नगरपालिका वडा नम्बर २ को संयोजनमा कृति समिक्षा तथा रचना वाचन कार्यक्रम शनिबार सल्यान खलंगामा सम्पन्न भएको हो । सल्यान लोकभाषामा लेखिएको पुस्तकको समिक्षा साहित्यकार पुर्ण भण्डारी पंकजले गर्नुभएको थियो । 

 कला र विज्ञान एक अर्काका परिपूरक भएको भन्दै उहाँले यसलाई अलग राखेर हेर्न नसकिने बताउनु भयो । कलाभित्रको विज्ञानमा भाव छ, माया छ, स्नेह छ’,उले भने,‘मानवीय चेतनालाई जीवन जगतसँग गाँसेर कृति निर्माण गर्न सक्नु सर्जक लामिछानेको सबल पक्ष हो ।’सल्यानी भाषाशैली, परम्परालाई टपक्क टिपेर पुस्तकमा समावेश गरिएको उहाँको भनाई छ ।

राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानका अध्ययक्ष प्रविन भण्डारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एक दर्जन भन्दा बढिले आफनो साहित्य वाचन गरेका थिए । 

कार्यक्रमा बोल्दै प्रजिअ रेग्मीले साहित्यले वास्तबिक घटनालाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश दिने बताउनु भयो । उहाँले गाउँ घरमा लुकेर रहेका प्रतिभालाई समेटदै यस्ता साहित्य कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top